0 COMMENTS

 बासुदेव सेढाइ,लमजुङ२७जेठ०७५/  लमजुङको बेसिशहर नगरपालिका – ११ चिति रामचाेकमा रहेको निशान कालिका ( गढि ) परिसर लाई धार्मिक ,ऐतिहासिक र पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्ने अभियान सुरु भएको छ । जेष्ठ २६ गते बेसिशहर – ११ वडा अध्यक्ष काे अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय गरेको हाे ।

रामचाेक निवासी वडा सदस्य कृष्ण कान्त कमलिकाे संयाेजकत्वमा ११ सदस्यीय विस्तृत परियोजना तयार समिति साथै वडा अध्यक्ष अचुत बाबू बगालेकाे संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

समितिले मन्दिर लाई अावस्यक पर्ने ब्यक्तिहरुकाे जग्गा मन्दिरकाे स्वामित्वमा ल्याउने ,धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्र वनाउन सम्बन्धित बिज्ञहरु संग छलफल गरि याेजना बनाउने ,स्वदेश तथा बिदेशमा रहेका शुभ- चिन्तक स्थानीय निकाय एन. जि. अाे. अाई. एन. जि. अाे. लगायत सरकारका सम्बन्धित निकाय संग छलफल र परामर्श गरि अार्थिक स्रोत जुटाउने छ। विस्तृत परियोजना सम्पन्न भएपछि मन्दिर परिसरमा अावस्यक भाैतिक पुर्बाधार ( विजुलि ,बाटो ,मन्दिर ,पानी ,पाटि ) निर्माण गर्न निर्माण समिति बनाउने र तत्काल लाई स्वदेश तथा विदेश बाट अार्थिक स्राेत जुटाउन अार्थिक स्रोत संकलन समिति गठन गरिनेछ ।

शाहावंशकाे इतिहास बाेकेकाे यश क्षेत्र लाई देशकै नमुना ठाउँ बनाउने लक्ष्य छ । विशेष गरि विदेशमा रहनुभएका दाजुभाइहरुले याे अभियानमा साथ र सहयोग गर्ने भन्दै अभियान संचालन गर्नुभएको छ । प्रचारप्रसारकाे अभावमा अाेझेल परेको सुन्दर र रमणीय ठाउँ गढिकालिका लाई धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्न सके सिङ्गै चितिकै कायापलट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।