0 COMMENTS

काठमाडौं२३, जेठ०७५/ सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट पछि हटेको छ ।

लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।लगानीकर्ताले कारोबार नै रोकेर आन्दोलनमा उत्रिएपछि मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो ।

लगानीकर्तासँग भएको सहमतिअनुसार समितिको प्रतिवेदनपछि त्यसैअनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै व्यवस्था कायम गरिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।