0 COMMENTS

काठमाडौं२३जेठ०७५/गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिएका छन् । समयमै निर्माण कार्य कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कार्वाही अभियान संचालन गरेका गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भएपनि नछाडने चेतावनी दिएका हुन् ।

घरधनी, सांसद वा ठूलै नेता भएपनि समयमै कार्य सम्पन्न नगर्ने ठेकेदार अपराधि हुने र उनीहरुलाई राज्यले कार्वाही गरेरै छाडने गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले सरकारले राज्यको ढुकुटी दुरुपयोग गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने ठेकेदार पुष्पकमल दाहालकै घरधनी भएपनि नछाडने दृढता पनि व्यक्त गरे । बुधबार गृह मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले सडकको काम अधुरै छाडेका दाहालका घरधनी शारदाप्रसाद अधिकारीलाई कार्वाही गर्नु हुन्छ ? भनि राखिएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सरकार कानुन उलंघन गर्ने जो कोहीलाई कार्वाही गर्न बाध्य हुने स्पष्ट पारे ।

गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भूरा र मझौला माछा समातिएको उल्लेख गर्दै अव ठूलै माछा पर्ने संम्भावना रहेको पनि बताए । उनले सुन तस्करी नियन्त्रणको कामलाई माछा मार्ने कामको रुपमा चित्रण गर्दै अव ठूलै माछा पनि जालमा पर्नसक्ने अवस्था रहेको बताए । गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई नियन्त्रणका लिएर कार्वाही गर्ने कामलाई निरन्तरता दिइने पनि स्पष्ट पारे । उनले सुन तस्करी सम्बन्धि अनुसन्धानका लागि गठित समितिको म्याद थप गर्ने योजना पनि सुनाए ।

गृहमन्त्री थापाले सरकारले समृद्धि र विकासका लागि बाधक तस्करी, अपराधजन्य गतिविधिलाई निस्तेज पार्न विशेष अभियाननै संचालन गरेको पनि स्पष्ट पारे । उनले आफूले विकास र समृद्धिका लागि अनुकूल वातावरण बनाउन सबै प्रदेशमा सुरक्षा गोष्ठी समेत संचालन गरेको पनि स्मरण गराए । गृहमन्त्री थापाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणको कामलाई पनि सरकारले उच्च प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।