0 COMMENTS

काठमाडौं १६जेठ०७५/ सरकारले सोमवारबाट लागु हुने गरी बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन खुल्ला गरेसँगै स्थानियहरु चिन्तित छन् । काठमाडौंको पूर्वी नाका हुँदै तराई जोड्ने बीपी राजमार्गमा यसअघि यस्ता सवारी साधन गुडाउन प्रतिबन्ध लगाइएकोमा हालै फुकुवा गरिदिएपछि उक्त सडकले भार थेग्न नसक्ने र दुर्घटना बढ्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

यसअघि निजि तथा १८ सिट क्षमताको मात्र सवारी साधन गुडाउन अनुमति दिएकोमा सरकारले अव ३६ सिट क्षमताको ठूला बस गुडाउन अनुमति दिएको हो ।सरकारी अधिकारीहरूले चाहिँ नियम अनुसार नै सञ्चालन अनुमति दिएको बताउँदै सडकको क्षमतामा कुनै असर नपर्ने र स्थानीयवासी लाभान्वित हुने बताएका छन्।

जापान सरकारले २० वर्ष लगाएर निर्माण गरेको उक्त दुई लेनको धेरै ठाँउमा घुमाउरो रहेको १ सय ६० किलो मिटर लामो राजमार्गले ठूला गाडीको भार थेग्न नसक्ने भन्दै विगतमा त्यस्ता गाडी चलाउन प्रतिबन्धित लगाएकाे थियो भने गतबर्ष  याे सडककाे खण्डमा पैह्राे गएकाे थीयाे  ।

उक्त सडकको काभ्रे खण्डमा मात्रै बर्सेनि करिब ५० वटा सडक दुर्घटना हुने गरेको र त्यो नरोकिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ।एक स्थानीय बसी चिन्तित हुदै भन्छन याे सडक निर्माण कम्पनीलेनै ठुला सवारीसाधन संन्चालन गर्न नहुने कुरा सम्वन्धीत नीकायलार्इ  जानकारी गराएकाे थीयाे र   बीपी राजमार्गले अधिक भार थेग्न नसक्ने थाहाँ हुदाँ हुदै पनी किन दिर्इयाे ठूला सवारीसाधन गुडाउने अनुमती ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।