0 COMMENTS

काठमाडाैं१४जेठ०७५/ कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय पारित भएकाे छ । ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहितकाे गृहमन्त्रालयकाे सिफारिसलार्इ अाइतबार राति बसेकाे मन्त्रिपरिषद् बैठकले पारित गरेकाे हाे ।

माफी दिने या नदिने भन्ने बारे सर्वाेच्च अदालतमा विचाराधीन उक्त मुद्दाबारे मन्त्रिपिरषदले निर्णय गरेकाे हाे । यदि सर्वाेच्चले साे माफी विरूद्धकाे रिटमा अाजै सुनुवार्इ गरेर सरकारकाे निर्णय सदर नगर्न अादेश दिएन भने अब ढुंगेलले बाँकी कैद मिनाहा पाउने निश्चित भएको छ ।

ढुंगेललाइ माफी दिने निर्णय राेक्न परेकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी दुवै पक्षलार्इ छलफलमा झिकाएका बेला सरकारले अाममाफीकाे निर्णय गरेकाे छ । ढुंगेलसहित ८४० कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेकाे हाे ।

स्रोतका अनुसार सजाय माफी भएकामध्ये २५ जना ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक, ७१३ जना ४० प्रतिशत कैद सजाय काटिसकेकाहरू रहेका छन् । विवादित ढुंगेलकाे कैद मिनाहाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गर्दा ‘कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान भइसकेको अवस्थामा छोड्न मिल्ने’ भनेपछि गृहले उक्त सिफारिस गरेकाे स्राेतकाे भनाइ छ ।

मन्त्रिपरिषद निर्णयको फाइल राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर गरेपछि कार्यान्वयनमा अाउनेछ । गणतन्त्र दिवसकाे अवसर पारी उनीहरूलार्इ माफी दिइन लागेकाे हाे ।

उज्जन श्रेष्ठ हत्यामा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तत्कालीन डा.बाबुराम भट्टराई सरकारले पनि उनलाई आममाफीका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरियाे ।

त्यसबेला पनि ढुंगेलकाे आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटमा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते माफी मिनाह नगर्न अादेश दिएकाे थियाे । यसपटक पनि सर्वाेच्चमा साे मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।