0 COMMENTS

काठमाडौं १४जेठ०७५/ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन टोलीले उपभोक्तालाई ठगी गर्ने ललितपुरका दुई पेट्रोलपम्पमा सिलबन्दी गरेको छ । ललितपुरको एकान्तकुनास्थित प्रसान्ति आयल स्टोर्स र सातदोबाटोस्थित श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा सिलबन्दी गरिएको हो ।

अनुगमनका क्रममा प्रसान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्रि गरेको फेला परेपछि दुवै पम्पलाई सिलबन्दी गरेको छ ।

नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणको २५ प्रतिशतको सिमा नाघेपछि अनुगमन टोलीले पम्पमा सिलबन्दी गरेको जनाएको छ । त्यसैगरि, अनुगमन टोलीले एकान्तकुनास्थित गायत्री आयल सेन्टरलाई नोजल सुई ठीक नहुन्जेल तेल नबेच्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।