0 COMMENTS

काठमाडौं ११जेठ०७५/  मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई दिइने भनिएको मासिक ५ हजार भत्ता रोकिएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट उपलव्ध नगराएपछि चार महिना अघि शुरु भएको भत्ता वितरणको कार्यक्रम रोकिएको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत ११ माघमा राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाईसिस भएका २९ जना विरामीलाई पाँच हजार रुपैयाँका दरले चेक उपलव्ध गराउँदै जीविकोपार्जन भत्ता वितरण शुरु भएको घोषणा गरेका थिए । त्यस लगत्तै स्वास्थ्य सेवा विभाग र अस्पतालहरुमा क्यान्सर मुटु र मृगौला रोगका बिरामीहरु जीविकोपार्जन भत्ताको लागि फर्म भर्न भिड लागेको थियो भने कतिले फर्म भरेर बुझाइसकेका थिए ।

त्यतिवेला १२ जना क्यान्सर, ११ जना मृगौला र ६ जना स्पाइनल इन्जुरी पछि प्यारालाइसिस भएका विरामीलाई चेक वितरण गरिएको थियो । उनीहरुलाई वितरण गरिएको ५ हजार दरका २९ वटा चेक भने त्यतिवेला पछि सोधभर्ना गर्ने गरी वीर अस्पतालले उपलव्ध गराएको खुल्न आएको छ ।

आवश्यक तयारी र नीति कार्ययोजना बिना यसरी बिरामीलाइ भत्ता दिने भनेर घोषणा भैसकेको कार्यक्रम बन्द हुँदा बिरामीको भावनासंग खेलवाड हुने काम मात्र भएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।