0 COMMENTS

काठमाडाैँ११जेठ०७५/ बालकृष्ण ढुंगेललाई आममाफी दिने बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश दीपककुमार कार्कीको इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न भनेको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ढुंगेललाई आममाफी दिने निर्णयबारे परेको रिट निवेदनमा सर्वोच्च अदालतले आदेश दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढुंगेललाई विपक्षी बनाएर दायर गरेको रिटमा ढुंगेललाई आममाफी दिने निर्णय रोक्न अन्तरिम आदेश पनि माग गरिएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा छलफलका लागि जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा समेत बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।