0 COMMENTS

हाम्रा इन्द्रियहरूबाट यौन उत्तेजना हुने किसिमको सन्देश प्राप्त भए त्यो स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं र यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ। यसरी यौन उत्तेजित हुन थालेपछि रगत धमनीहरूबाट लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ। यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौ।

लिंग किन दह्रो नभएको होला ?

सबैजसो पुरुषले कुनै न कुनै बेला लिङ्ग उत्तेजना हुन अप्ठयारो भएको वा दह्रोपन कम भएको महसुस गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ। लिङ्ग उत्तेजित हुन नसक्ने थुप्रै कारण हुन सक्छन्। हस्तमैथुन वा स्वप्नदोषका बेला लिङ्ग राम्रोसँग उत्तेजित हुने गरेको हुनाले लिङ्ग उत्तेजनाको सन्दर्भमा शारीरीक पक्ष ठीक नै देखिन्छ। यहाँ तपाईंको मानसिक पक्ष महत्वपूर्ण हुनसक्छ। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। सम्भवतः तपाईंमा यस्तो केही नहोला। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या अझ चर्को हुनसक्छ। कतै पत्नीसमक्ष यौनक्षमता प्रदर्शन गर्नुपर्ने स्थिति त छैन रु एकपल्ट ध्यान पुर्‍याउनुहोला। तपाईंहरूको विवाह भएको पनि १० वर्ष भैसकेकाले एकनासेपनका कारण पनि उत्साह तथा रमाइलोमा कमी आएको हुन सक्छ।

समाधानका लागि के गर्नुपर्ला र?

एकनासेपनका कारणले दिक्क लागेको स्थितिमा निरन्तर रूपमा केही नयाँपन ल्याउनु सहयोगी हुन्छ। विशेष गरेर नौलो समय, नौलो आसन, नौलो स्थानजस्ता कुराले यौन क्रियाकलापमा संलग्न हुन थप ऊर्जा दिन्छन्।

लामो समयको विवाहित जीवनपछि हामीले युवा अवस्थाको जस्तै अपेक्षा गर्नु मनासिब हुँदैन। त्यसमा पर्याप्त पाक्क्रीडाले सहयोग नै गर्छ। सामान्य रूपमा भन्नुपर्दा, योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौन उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमका क्रियाकलापलाई नै प्राक्क्रीडा भनिन्छ। चुम्बन, शरीर तथा यौनअंग सुमसुम्याउने वा चलाउने जस्ता क्रियाकलाप गरेर एक(अर्काको यौन उत्तेजना बढाउन सकिन्छ। गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छन्। त्यसैगरी विभिन्न अंगको मालिस पनि महत्वपूर्ण क्रियाकलाप हुन सक्छ। मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग वा सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर पनि एक-अर्काको शरीर मालिस गर्न सकिन्छ। त्यसैगरी शरीरलाई सुमसुम्याउनु अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो। हल्का रूपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भाग छुनु वा सुमसुम्याउनु यौन उत्तेजक हुन्छ। प्वाँख वा यस्तै कोमल वस्तुको प्रयोग सकारात्मक साबित हुन सक्छ। यसो गर्दा आफ्नो यौन साथीको कुन(कुन भाग संवेदनशील छ वा उनी कुन-कुन अंग छोइएको मन पराउँछिन् भन्ने कुरा थाहा पाउन मद्दत मिल्छ। कसैले हल्का रूपमा छोइएको मन पराउँछन् भने कसैले कडा किसिमले छोएको मन पराउँछन्। यी संवेदनशील अंगहरू सुमसुम्याउने कुरामात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरूप गर्न सकिन्छ।

यदि लिङ्ग उत्तेजना नै नहुने समस्या लामो समयसम्म कायम रहे वा लिङ्ग उत्तेजित नै नभए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ जसले गर्दा समस्याको सही निदान र त्यसैअनुसारको उपचार गर्न सकियोस्। लिङ्ग उत्तेजनामा अप्ठयारो परेकाहरूलाई सहयोग पुर्‍याउन लिङ्ग उत्तेजित बनाउने औषधी जस्तै भियाग्रा वा केही शल्य चिकित्साको विकास भएका छन्। अहिले चर्चामा रहेको भियाग्राका बारेमा त सुन्नुभएकै होला। लिङ्ग उत्तेजित गराउने यस्ता औषधी चिकित्सकको निगरानी वा सिफारिसमा मात्र खान सकिन्छ। हृदयरोग भएका व्यक्तिहरूले अन्य बढी शारीरिक परिश्रम गर्नुपर्ने स्थितिजस्तै नै यौनसम्पर्क राख्दा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। विशेष गरेर हृदयरोगका लागि नाइट्रेट भएका औषधी प्रयोग गर्ने व्यक्तिले यस्ता उत्तेजक औषधी प्रयोग गर्नु हुँदैन। भियाग्रा यौन इच्छा वा क्षमता वृद्धि गर्ने एफ्रोडिजियाक वा हार्मोन युक्त औषधी पनि होइन भन्ने कुरा बुझ्नु आवश्यक छ। त्यसैले भियाग्राले लिङ्ग उत्तेजनासम्बन्धी सबै समस्या समाधान नगर्न सक्छ। शल्य चिकित्साका लागि त चिकित्सक चाहियो नै। केही गम्भीर कुअसर पनि हुने भएकाले पक्का आवश्यक नभई त्यसै भियाग्रा खानु बुद्धिमानी होइन।

यदि कुनै तनाव वा चिन्ता छ भने त्यसलाई कम गर्न सक्नुपर्छ। सहज वातावरण र तनावरहित भएर यौन क्रियाकलापमा संलग्न हुँदा फाइदा पुग्छ। यसका लागि आफ्नी श्रीमतीसँग यौनसम्पर्करहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ। एक दुई पटक यस्तो हुँदैमा कुनै विशेष औषधोपचार आवश्यक हुँदैन। आवश्यकताभन्दा बढी पीर गर्दा समस्या थप बल्झिन सक्छ। सधैं नै समस्या भैरह्यो भने कारणको खोजी गरी त्यसैअनुरूप उपचार गराउनुपर्छ। अहिलेलाई भने मन बलियो पार्नुहोस् र भावनात्मक तथा प्रणयपूर्ण यौन सम्बन्धका लागि प्रयास गर्नुहोस्। साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।