0 COMMENTS

रमिला बस्नेत खोटाङ ०६जेष्ठ ०७५ /किरात समुदायको उद्गम स्थल खोटाङको हलेसीमा तुवाचुङ जायाजुङ संरक्षण समिती द्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले किरात सभ्यता र संस्कृतीको संरक्षण र सम्मान बिना नेपालको समृद्दी सम्भव नहुने बताउनु भएको छ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका महतले नेपालमा धार्मिक सहिष्णुता बिथोल्न धेरै शक्ति हरु लागेको भन्दै त्यता तर्फ पनि हामी बेलैमा सचेत हुनु पर्नेमा जोड दिनु भएको छ। साथै सह महामन्त्री महतले हलेसी बिश्वकै नमुना तिर्थ स्थल बन्न सक्ने पूरापुर सम्भावना रहेकाले त्यस तर्फ लाग्न स्थानिय सरकारले बिशेष पहल गर्न र केन्द्र बाट त्यसको प्रवर्द्धन र संरक्षणका लागि नेपाली कांग्रेस र आफू लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो। कार्यक्रममा संस्थाका महासचिव दिनेश राई,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य प्रभु बुढाथोकी, निलकण्ठ नगरपालीकाका मेयर भिम ढुंगाना, नेपाल विद्यार्थी संघका सह महामन्त्री एवम् प्रवक्ता प्रेम राज जोशी र स्थानीय समाज सेवि एव किरात समुदायका अगुवा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।