0 COMMENTS

पुरुषको आँखामा सितिमिति आँशु देखिँदैन । आँशु प्रायः महिलाकै आँखामा देखिन्छ । मतलब, पुरुषभन्दा महिला बढी आँशु खसाउँछन् । पुरुषभन्दा महिला बढी रुनुको कारण चाहिँ के होला ? चासो सबैलाई लाग्नु स्वभाविक हो । तर, विज्ञानले कारण खुलाइदिएको छ :

टियर डक्ट (आँशु आउने नली)को आकार पुरुष र महिलाको फरक–फरक हुन्छ । पुरुषको तुलनामा महिलाको टियर डक्ट ठूलो हुन्छ । यसकारण महिलाको आँखामा आँशुका प्रभाव बढी हुुन्छ ।

आँशु दबाउन हाम्रो शरीरमा हुने टेस्टेस्टोरन हर्मोनको भूमिका हुन्छ । टेस्टेस्टोरनलाई पुरुष हर्मोन पनि भनिन्छ । यद्यपि, यो हर्मोन महिलामा पनि केही मात्रामा हुन्छ । पुरुषमा धेरै हुने भएकाले आँशु नियन्त्रणमा बढी भूमिका हुन्छ ।

त्यसो त आँशु केही हर्मोनले आँशु उत्पादनमा पनि भूमिका खेलिरहेका हुन्छन् । प्रोल्याक्टिन हर्मोनले आँशु उत्पादनमा भूमिका खेलेको हुन्छ जुन महिलामा हुन्छ ।

उमेर बढ्दै जाँदा टेस्टेस्टोरन र प्रोल्याक्टिन हर्मोनको विकास हुँदै जान्छ । यसैकारण किशारीहरु बढी रुन्चे हुन्छन् भने किशोरहरुमा हाँसोको मात्रा बढी हुन्छ ।

त्यसो त मान्छेमा जन्मिँदै रुने गुण हुन्छ । जन्मिनेवित्तिकै बच्चा निकै जोडले रुन्छ तर, आँशु झर्दैन । बालबालिका भने दिनमा एकदेखि तीन घन्टासम्म रुनुलाई स्वभाविक मानिन्छ ।

उमेरले ५० वर्ष नाघेपछि मान्छेको रुवाईमा परिवर्तन आउँछ । रुनुलाई नकारात्मक ढंगले हेरिने गरिएपनि आँशुले भने स्वास्थ्यमा फाइदै गर्छ । रुने मान्छेको मन हल्का हुन्छ भने डिप्रेसनबाट मुक्ति मिल्छ । आँशुबाट निस्किने चिल्लो पदार्थले आँखाका रहेको फोहोर बगाएर सुरक्षा पनि दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।