0 COMMENTS

मिलन चाम्लिङ्,धरान०१जेठ ०७५/ “सम्पुर्ण विद्यार्थीहरु संघीय समानुपातिक र ब्याबहारिक शिक्षा एवं राष्ट्रिय मुक्तिको लागि एक हौ” भन्ने नाराका साथ संघिय बिद्यार्थी युनियनको यहि २०७५ जेठ १४ र १५ गते लिम्बुवान पार्टी केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा तेस्रो राष्ट्रिय महाधिबेशन हुने भएको छ।

नेपालको इतिहासमा विभिन्न राजनीतिक परिवर्तनहरु सचेत विद्यार्थीहरुको सहभागीताले सफल भएको राणा शासनको अन्त्य प्रजातन्त्र पुनरबहालि ३६सालको जनआन्दोलन,बहुदलीय प्रजातन्त्रको पुन स्थापना र लिम्बुवान,मधेस थारुहट मुक्ति आन्दोलनमा राष्ट्रबादी तथा देशभक्ति बिद्यार्थीहरुको योगदान महत्त्वपूर्ण रहेको र यसरी संघर्षबाट नेपाली जगतले धेरै उपलब्धि हासिल गरेको छन देश पुर्णरूपमा नभएपनी नभए पनि संघियता,समाबेशी,समानुपातिक लोकतान्त्रिक गणतन्त्र जस्ता महत्त्वपूर्ण राज्य भैसकेको छ तर पनि जनताको कतिपय अधिकार नेपालको संविधान २०७२ ले सुनिश्चित गर्न सकेको छैन।उत्पीडितहरुले आफ्नो उत्पीडनको आवाज सडक मार्फत पोखी रहेका छन।कतिपय समाजमा रहेको बिकृती,बिसंगती,बेथिति र सामानती चिन्तनको अबशेसहरुको अन्त्यका लागि संघर्ष गर्दै उपलब्धि र उपलब्धि उन्मुख धेरै बिषयहरुले गाँजेको परिवेश छ ।

यस्तो परिस्थिति र परिवेशमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंञ्चको जनवर्गीय संगठन संघीय विद्यार्थी युनियन संघीय कार्य समती र संघीय विद्यार्थी युनियन लिम्बुवान,प्रान्तीय कार्य समितिको संयुक्त एतिहासिक राष्ट्रिय महाधिवेशन आगामी जेठ १४ र १५ मा हुन लागेको पत्रकार महासंघ शाखा सुनसरीको कार्यलयमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आयोजक समितिको सचीव सेसेहाङ चोङबाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।