0 COMMENTS

सन्जिब कोयी, मकाउ३१बैशाख०७५/ बैशाख ३० गते  आईताबार (अप्रिल १३ तारीख) किरात राई यायोक्खा मकाउको आयोजनामा हाक्सा विच मकाउ साकेला पार्कमा किरातीहरुको महान चाड साकेला उभौली केही दिन ढिलै भए पनी भव्यताका साथ सम्पन्न भएको छ l किरात राई यायोक्खा मकाउको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको अध्यक्ष भिमकुमार राई किरातीको सभापतित्वमा कार्यक्रमले औपचारिक रुप लिएको थियो।

कार्यक्रमका प्रमुख अथिति किराया हङकङका महासचिव बज्र कुमार थुलुड राई रहनु भएको थियो। कार्यक्रममा विशेष अथिति गैरआवसिय मकाउको अध्यक्ष शान्ति देवि अधिकारी,अतिथिहरू किराया हङकङका सल्लाहाकार पिताम्बर राई, चाम्लिड् खाम्बातिम हङकङका अध्यक्ष पवित्रा राई, खोटाड् समाज हङकङका अध्यक्ष टिका कोयी राई,टेम्के तुवाचुड् साहित्यिक कोषाध्यक्ष हङकङका संमयोजक तथा खोटाड् समाज हङकङका सल्लाहाकार तेज प्रकाश राई, किराया मकाउका उपाध्यक्ष रत्नमणी राई,किराया मकाउका प्रमुख सल्लाहाकार भक्ति राई, किराया मकाउका महासचिव मंगल राई, किराया मकाउका उपाध्यक्ष राकेश राई, तमु समाज मकाउका अध्यक्ष-रामेन्द्र गुरूङ,तामाड् घेदुड् समाज मकाउका अध्यक्ष कुल बहादुर तामाङ गैरआबसिय मकाउका महासचिव पूर्ण गरूड़ लगायद विशिष्ट मानुभावहरु किराती तथा गैरकिराती नेपालीहरुको उत्साहजनक गर्विलो सहभागिता रहेको थियो। सैयौ उपस्थित महानुभावहरुलाई बडो उत्साहजनक फराकिलो र मार्मिक तरीकाले सम्बोधन गर्दै संस्थाका सल्लाहकार केशव राईले कार्यक्रम संचालन गर्नु भएको थियो साथै

अथितिहरुलाई स्वागत मन्तब्य क्रममा किराया अध्यक्ष भिम कुमार राईले उपस्थित तथा गैरकिरात नेपालीहरुको उत्साहजनक सहभागिता माँझ येलेदोङ ५०७८ को अबसरमा उभौली साकेलाको बिशेष शुभकामना ब्याक्त गर्नु भएको थियो।आमन्त्रित अतिथिहरुको आसन ग्रहण र शुभकामना मन्तब्य सकिने बित्तिकै कार्यक्रममा किराती भेषभुषामा सजिएर ढोल झ्याम्टाका साथ सहभागिता जनाएका किरात राई यायोक्खा हङकङ मकाउका सम्पुर्ण उपस्थित किरात तथा गैरकिरात लामबद्ध भएर शीली नाचेका थिए।

आफ्नो मौलिक नृत्य साकेला शीली बडो तामझामका साथ नाच्दा माहोल मनोरंजनमय बनेको थियो भने बिदेशीहरुले समेत रोचक तरीकाले शीली हेर्न झुमेका थिए।किरातीहरुले बिशेषत बर्षमा दुई पटक उभौली र उधौली चाड मनाउँदै आएका छन् जुन उभौली चाड बैशाखे पुर्निमामा पर्छ भने उधौली चाड मंसिरे पुर्णिमा देखि सुरु हुने गर्दछ l परापुर्व कालमा जब कुनै पात्रोको विकास भएको थिएन, त्यो बेला रुख-पात र जीव-जन्तुहरुको चालचलन हेरेरै ऋतु परिवर्तनको आंकलन गरिन्थ्यो ।

तराईमा गर्मी बढ्दै जाने र हिमाली भेग/लेकमा हिउँपग्लिएर रमाईलो फाँटहरु खुल्ने समयमा चरा तथा माछाहरु उँभो लेक तिर जाने हुँदा तत्कालिक समयमा उभौली उत्सवको रुपमा साकेला धिरीनाम मनाउन थालिएको किरात समुदायमा विशेष कथन छ।कर्याङ्कुरुङ् चराहरु गर्मी छल्न र हिमालय तिर खर्कहरुमा करिव ६ महिना बिताउन उत्तर तर्फ उँभो जाँदै गरेको अवस्थामा आकाशमा चराहरु देखा पर्ने गर्दछन् । त्यसै गरी मंसिरमा लेकमा चीसो बढेर हिउ पर्न थाल्ने साथ साथै मधेसमा पनि शितल हुने हुँदा चरा-चुरुङ्गी तथा माछाहरु उत्तरबाट दक्षिण तर्फ उँधो जाने गर्दछन्, जसलाई किरातीहरु साकेला छिरिनाम अर्थात साकेला उधौलीको रुपमा मनाउँदै आएका छन। अहिले पनि कर्याङ्कुरुङ् चराहरुको समुह दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको देखिएमा खेतीको मौसम सुरु भएको मानी काँक्रा-फर्सी रोप्ने चलन रही आएको छ।

यही संस्कार,संस्कृतीलाई जीवन्त राख्न रमाईला रौनक आफ्नो संस्कार,संस्कृति रितीरिवाज किरातीहरुले उभौली र उधौली साकेला चाडको माध्यमबाट बडो तामझामको साथमा मनाउँदै आई रहेका छन्। वैशाख शुक्ल पुर्णिमाको दिन देखि सुरु हुने किराती समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य चाडको रुपमा उभौली तथा उधौली चाड धुमधाम संग मनाउँने गर्दछन। बिशेषत प्रकृति संग हरेक बिषय बस्तु जोडिएका हुनाले उभौलीमा वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस,राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै प्रकृति, पितृ र भूमीको पूजा गरिन्छ।

साकेला चाडमा किरातीहरु आफ्नो जातीय पहिरनमा सजिएर गोलाकार घेरामा रहेर नाचिने रमाइलो साकेला शीलीमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला/ साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ। हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध भएर जीव-जनावरको कृयाकलाप नक्कलको अनुसरण गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला / साकेन्वा शीली हो। किरात राईहरूले शीली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता विभिन्न कार्य शीली नाचद्वारा प्रदर्शन गरिन्छ।

यतिखेरै समृद्धिको राष्ट्रको कुरा पनी उत्करकर्षमा उठिरहेको छ बिकास निर्माण बिरोधिको कुरा हैन! कुरा हो व्यवस्थित बिकास निर्माणको बिकास निर्माणको क्रममा कुनैपनि खालको धार्मिक, सास्कृतिक र ऐतिहासिक सम्पदाहरु भत्किनु हुदैन सबै तहको जन प्रतिनिधिले बुझ्नुपर्ने कुरा यही हो। हाम्रो संस्कृति रहे संस्कार रहन्छ, संस्कार रहे सभ्यता रहन्छ सभ्य समाजले मात्र एक समृद्ध राष्ट्र नेपालको निर्माण गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।