0 COMMENTS

काठमाडौं३१बैशाख०७५/ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणि शाहको असमायिक निधन भएको छ ।लामो समयदेखि कलेजो रोगबाट पीडित शाहको उपचारको क्रममा सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

मध्यपंक्तिमा विशेष दखल राख्ने शाहले नेपाललाई १९९३ मा बंगलादेशमा आयोजत छैटौ दक्षिण एशियाली खेलकुदमा फुटबल तर्फ स्वर्ण पदक दिलाउन विशेष भुमिका खेलेका थिए । त्यसबेला नेपालले भारतलाई टाइब्रेकरमा हराएर एक मात्र स्वर्ण पदक फुटबलमार्फत जित्न सफल भएको थियो । मनाङ मस्र्याङ्दी क्लबलाई यो चर्चासम्म ल्याउन शाहले धेरै पसिना बगाएका थिए ।

अर्जेन्टिनाका महान खेलाडी डिएगो माराडोनासंग उनको खेल शैली मिल्दोजुल्दो भएकोले उनलाई नेपालको माराडोना पनि भनिन्थ्यो । राष्ट्रिय टोलीबाट अविच्छिन्न डेढ दशक खेलेका शाहको भूमिका मध्यपंक्तिमा बेजोड मानिए पनि फ्रिकिकमार्फत गोल गर्न समेत उत्तिकै माहिर थिए । शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्न उनको पार्थीव शरीरलाई मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिने भएको छ ।

१७ बर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका एशियाडमा झण्डा बोक्ने पहिलो फुटबलर पनि हुन् । माराडोनाका प्रशंसक भएपनि विश्वको अर्का सर्वकालीन महान खेलाडी पेलेबाट उपहार पाउने शाह सम्भवत एक्ला खेलाडी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।