0 COMMENTS

दाङ, २४ वैशाख ०७५/ यहाँ चालक बन्दी गृह निर्माण शुरु भएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरको परिसरभित्र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन तुलसीपुर नगर कमिटीले चालक बन्दी गृह निर्माण गर्न लागेको हो ।

अत्याधुनिक सुविधा सम्पन्न एक कोठे भवनको आज शिलान्यास गरिएको छ । भवन निर्माण भएपछि दुर्घटना हुँदा प्रहरी हिरासतमा अन्य अभियुक्त जसरी चालक बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

भवनको शिलान्यास संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, महासचिव नवराज घिमिरे र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले संयुक्त रुपमा गर्नुभएको हो ।

भवनको शिलान्यास गर्दै अध्यक्ष राईले प्रहरी संगठनभित्र चालक बन्दी गृह निर्माण गर्न लागेको यो दोस्रो पटक भएको बताउनुभयो । यसअघि २०६८ मा पूर्व धरानमा इलाका प्रहरी कार्यालयसँग समन्वय गरी त्यहाँ चालक बन्दीको छुट्टै गृह निर्माण गरिएको थियो ।

संगठनले देशभर इलाका प्रहरी कार्यालयसँग समन्वय गरी चालक गृह निर्माण गर्ने अभियान सञ्चालन गर्ने भएको छ । रु १० लाख लागतमा निर्माण गरिने भवन दुई महिनामै सम्पन्न गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।