0 COMMENTS

मिलन चाम्लिङ,धरान२४बैशाख०७५/  फक्ताङलुङ मिडिया हाउस प्रालीद्दारा संचालित तथा प्रकाशित  फक्ताङलुङ अनलाइन टेलिभिजन र पिपल्स म्यागजिन संचालन तथा प्रकाशन सुरु भएको छ।धरानमा रहेको बराह ज्वेलरी र्इण्डस्ट्रीज प्रालिको बराह किचनमा अाज धरान उप महानगरपालिकाका प्रमुख तारा सुब्बाको हातबाट  बिमोचन भएको थीयाे  ।

उक्त बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरान उप महानगरपालिकाका मेयर तारा सुब्बाले मिडिया हाउस खोल्न मात्र ठुलो कुरा नभएको, मिडियालाई निरन्तरता दिनु ठुलो कुरा रहेको,नयाँ पिडिसंगै मिडिया नयाँ तरिकाले आएकोमा खुसी व्यक्त गर्नु भएको छ भने मिडियालाई हतियारको रुपमा प्रयोग गर्न नहुने सुझाव दिनु भयाे र मिडियाको शक्तिलाई दुरुपयोग नगर्न आग्रह गर्नु भएको छ।मिडिया समाजको अभिन्न अंग र समाज परिवर्तन गर्ने माध्यम हो मिडियाले सकारात्मक र नकारात्मक दुबै कुरा सम्प्रेषण गर्नु पर्ने कुरा बताउनु भयाे । 

त्यसैगरी कार्यक्रममा बोल्दै त्रिभुवन बिश्वबिधालय एसोसिएसनका प्राध्यापक ज्ञानेश्वर झाले मिडिया हाउस राजनीतिक पार्टी भन्दा ठुलो शक्ति भएको हुदा मिडीया समाज परिवर्तन गर्न सक्ने र मिडिया  जहिले पनि  जनताको पक्षमा हुनुपर्ने बताउनु भयाे ।

त्यस्तै शुभकामना मन्तव्य दिदै पत्रकार गोपाल देवानले राजनीतिक हस्तक्षेप रोकेर स्वतन्त्र तरिकाले काम गर्ने हो भने मिडियाकाे सहि सदुपयोग हुने बताउनु भयाे।कार्यक्रममा बोल्दै कार्यक्रम सभाध्यक्ष फक्ताङलुङ मिडिया हाउस प्रा.लिका अध्यक्ष डम्बर कुमार तुम्बापोले सधै सबै क्षेत्रको लागि अटाउने र सूचना संचार मनोरञ्जनका कार्यक्रमहरु प्रस्तुत हुने बताउनु भएको छ।कार्यक्रममा विभिन्न सचांर माध्यमका संचारकर्मीका साथै स्थानीयहरूको बाक्लाे उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।