0 COMMENTS

cricकाठमाडौं, ४ कात्तिक । मलेसीयाको क्वालालाम्पुरमा भएको यू १९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।
नेपालका ओपनरद्वय सुनिल धमला र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपाल विजयी भएको हो । आयरल्यान्डले टस जितेर व्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाइ १८४ रन बनाएको थियो । नेपालका लागि बलिङ तर्फ स्पिनर प्रेम तामाङले १० ओभरमा मात्र ३५ रन दिँदै २ विकेट लिएपछि नेपाल बलियो स्थितिमा पुगेको हो । अर्का बलर ललितनारायण राजवंशीले पनि कसिलो बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिएका थिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।