0 COMMENTS

कात्तिक ३, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताएका छन् ।

देशको ३८ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका ओलीप्रति बधाई ज्ञापन गर्न तथा मुलुकको वर्तमान अवस्थाबारे उहाँलाई ध्यानाकर्षणपत्र बुझाउन आज प्रधानमन्त्री निवास पुगेका विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

मुलुकको राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै तराई–मधेसका साथै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोध हटाउन वर्तमान सरकार गम्भीर भएर लागेको जानकारी प्रधानमन्त्रीले दिनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले बताए ।

“अहिलेको असहज अवस्थाबाट मुलुकलाई मुक्त गर्न सरकारले विविध उपाय अवलम्बन गरेको छ, चाँडो निकास निस्कनेमा म आशावादी छु,”– प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रवक्ता लामिछानेले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।