0 COMMENTS

Rambaran-Yadav काठमाडौं, ३ कात्तिक/ राष्ट्रपति डा. रामवरण यादवले ६ सय १० जनाको कैद माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ती निकालेर नयाँ संविधान जारी भएको र दसैँको अवसरमा संशोधित कारागार नियमावली अनुसार ६ सय १० जनाको कैद माफी गरिएको जनाएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्यविधि, २०७१’ संशोधन गरेको थियो । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्षपछि कैद मिनाहा हुने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।