0 COMMENTS

सम्भोगका क्रममा चरम सुखलाई नै सबैभन्दा सुन्तुष्टिकारक तत्व मानिएको छ । कामसूत्रमा पनि चरम सुख प्राप्त गर्ने र प्रदान गर्ने विषयमा विस्तारमा उल्लेख छ । तर, सधैं प्रश्न उठ्ने गरेकोछ कि चरम सुख प्राप्त गर्ने आदर्श समय कुन हो? र, यो कतिबेरसम्म चल्छ ?
त्यसो त यो विषयमा फरकफरक दावी पनि गरिने गरेको छ ।तर, बेलायतमा गरिएको एउटा ताजा सर्वेक्षणका अनुसार शनिबार राति ११ बजेअघि गरिने २३ मिनेटको सेक्सबाट चरम सुख प्राप्त भएको पाइएको छ  ।

बेलायती समाचारपत्र द सनका अनुसार सर्वेक्षणबाट अधिकांश जोडीले शारीरिक सम्बन्ध सप्ताहान्त (विकेन्ड) मा कायम गर्न मन पराएको पाइएको छ । यति मात्र होइन, सर्वेक्षणमा संलग्न आधा जोडीका अनुसार उनीहरु सातामा एकभन्दा बढी पटक आफ्नो यौन साथीसँग शारीरिक सम्बन्ध कायम गर्न मन पराउने गरेको पाइएको छ ।

अनलाइन फार्मेसी युके मेडिक्स डट कमले गराएको सर्वोमा २ हजार जोडी सहभागी थिए। सर्वेमा सहभागी करिब ६५ प्रतिशत जोडीले शारीरिक सम्बन्धका लागि राती १० बजेबाट ११ बजेसम्मको समय उचित माने । मात्र ६ प्रतिशत जोडीले बिहान ७ बजेदेखि ८ बजेसम्मको समयलाई यौन सम्कर्पका लागि उचित बताए ।

सर्वेका अनसार अधिकांश बेलायत जोडी चरमसुख प्राप्त गर्नुअघि पार्टरसँग फोरप्ले गर्न रुचाउने गरेको पाइयो । ७८ प्रतिशत जोडीले सेक्सका लागि बेडरुमा सबैभन्दा उपयुक्त स्थान बताए ।

आयुर्वेदमा पनि सम्भोगलाई तनाव हटाउने क्रिया मानिएको छ आयुर्वेदमा सहवासका बेला शरीरमा कुनै रसायन निर्माण हुने गर्दछ र त्यो स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुने उल्लेख छ । बैज्ञानिकहरुले गरेको शोधमा पनि जब तिब्र, आनन्ददायक र सन्तुष्टिपूर्ण सेक्स गरिन्छ तब जिन्दगीमा कयौ वर्ष अरु जोडिने उल्लेख गरेका छन्। नियमित सेक्स गर्दा ८ वर्षसम्म आयु बढ्न सक्ने बताइएको छ । यति मात्र होइन, जति बढी अर्गाज्म (सेक्सको चरमसुख) तपाईले महशुस गर्नुहुनेछ त्यति नै बढी बाँच्ने सम्भावना बढ्ने गर्दछ । नियमित सेक्सबाट हर्मोनको लेभल राम्रो हुन्छ जसबाट मुटुको स्वास्थ्य राम्रो हुन्छ । नियमित सेक्सबाट मष्तिस्क क्षमतासमेत वृद्धि हुने गर्दछ । र, रोग प्रतिरोधात्मक क्षमिता पनि विकसित हुने गर्दछ ।

सेक्सबाट प्राप्त हुने चरमसुखका क्रममा मष्तिस्कमा डोपामाइन (, एसिटिकालिन, गाबा, र सेरोटिन निर्माण हुने गर्दछ । यसले शरीरलाई फाइदा हुन्छ । मुड फ्रेस गर्नका लागि पनि डोपामाइनलाई मुड बुस्टर मान्ने गरिएको छ । एसिटिकालिनबाट सक्रियता र एकाग्रता बढ्ने गर्दछ । गाबालाई प्राकृतिक एन्टी डिप्रेसन मानिएका छ भने सेरोटिनबाट मन प्रफुल्ल हुने र मांसपेसीहरुलाई रिल्याक्स प्रदान गर्ने अचुक औषधि मानिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।