0 COMMENTS

नवलपरासी, २७ चैत०७४/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा गुम्बा निर्माणका लागि प्रवासी नेपालीद्वारा पहल थालिएको छ ।

कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम रु दुई लाख ९९ हजार ७९१ गुम्बा निर्माण समितिलाई प्रदान गरिएको हो । कुवेतमा रहनुहुने अमृत गुरुङको विशेष पहल तथा सहयोगमा संकलित रकम गुम्बा निर्माणका लागि गठित (बौद्ध समाज नेपाल)समितिका अध्यक्ष अमृत श्रीसलाई प्रदान गरिएको थियो ।

सबैमा धार्मिक भावना जागृत गराई आत्मशान्तिका लागि गुम्बा निर्माणमा जुटेको अमृत गुरुङका बताउनुभयो । गुम्बा केवल बौद्ध धर्मावलम्बीको मात्रै नभएर सबै जाति, धर्म र समुदायको रहने भएको हुँदा यसमा सबैको सहयोग रहेकाले पनि आफूलाई थप हौसला मिलेको गुरुङले उल्लेख गर्नुभयो ।
दुई कट्ठा क्षेत्रफलमा रहने गुम्बाको निर्माणका लागि बुद्ध जयन्तीको अवसर पारी आउँदो वैशाख १७ गते मूर्ति स्थापित गरी शुभारम्भ गरिने समितिका सचिव सन्तु गाहाले जानकारी दिनुभयो । गुम्बाले यस क्षेत्रको समग्र परिचय र धार्मिक प्रवद्र्धनमा टेवा पु¥याउने समितिले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।