0 COMMENTS

नवलपरासी२७चैत०७४/ बैद्धिक सनातन हिन्दू धर्मका अभियान्ता युवा सन्त आचार्य श्रीनिवास स्वामी माथि गोली प्रहार भएको भन्दै पूर्वी नवलपरासीको कुम्भ मेला मूल समारोह समिति लोकाहाले सोमबार बृहत् विरोधर्याली निकालेको छ ।

लोकाहामा जारी कुम्भ मेला परिसरबाट देवचुलीको प्रगतिनगरसम्म उक्त र्याली निकालिएको थियो । आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।

सम्पूर्ण हिन्दूधर्मको संरक्षणसँगै उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्न र्यालीको आयोजना गरिएको श्रीधाम शरण देवाचर्यजी महाराजले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।