0 COMMENTS

 रमिला बस्नेत , उदयपुर , चैत्र २५,/ “चौदण्डीगढी नगरका युवा हरू एक हौं”लागू अौषध र दुर्वयसन बाट बचौं र बचाअौं।”भन्ने मुल नाराका साथ “नगर विकास र समृद्धिमा युवाहरूको भूमिका , कुलत र दुर्व्यसन सम्बन्धि सचेतना साथै नयाँ वर्ष २०७५ को शुभकामना अादान प्रदान कार्यक्रम होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा  सम्पन्न भएकाे छ।

चौदण्डीगढी युवा समूहको अायोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोग साथै पुमा अावासिय मा.वि-बेल्टार र वसन्त पञ्चमी सामुदायिक वन उपभोक्ता समूह-बेल्टारको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे चाैँदण्डिगढि युवा समुहका अध्यक्ष सञ्जय राईले बताए।

कार्यक्रममा चौदण्डीगढी नगरपालिका प्रमुख  खगेन्द्र राईको प्रमुख अातिथ्यता तथा विभिन्न विद्यालयका प्रमुखहरू बुद्धिजीवी ,पत्रकार , समाजसेवि लगायत युवाहरुकाे अातिअातिथ्यतामा गरिएकाे कार्यक्रममा स.प्र.नि राजेश थापा  र  प्र.नि. अाशाराम चाैँधरि ले सहजिकरण गरेकाे सगरमाथा उ.मा.वि का प्रिन्सिपल जनक कार्किले जानकारी दिए।

त्यस्तै मन्तब्यकाे क्रममा नगर प्रमुख खगेन्द्र राई ले नगरको विकास र समृद्धि युवाहरूको  सक्रीयता बीना नहुने भन्दै युवा शक्तिलाई हर हमेसा सकृय राख्नेमा अाफसबाट कुनै कसर नछोड्ने भन्दै अागामी वर्ष कुलत र दुर्व्यसनको सचेतना कार्यक्रम हुनेमा जोड दिदै युवाहरूमा चेतना अाईसकेको जानकारी समाजलाई हुनुपर्ने भन्दै नयाँ वर्ष २०७५ को उपलक्षमा  सम्पुर्ण नगरवासीलाई शुभकामना दिएका थीए।

कार्यक्रममा समापनमा मन्तब्य राख्दै उक्त कार्यक्रमका सभा अध्यक्ष राइले अाफु लगायत सम्पुर्ण चाैँदण्डिगढि युवा समुहकाे तर्फबाट प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण व्यक्ति तथा संस्थाहरूमा धन्यवादका साथ नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घाेषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।