0 COMMENTS

बेलबारी २३चैत०७४/ गायिका तथा कलाकार ज्योतिको मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको महोत्सवमा उनलाई प्रतिबन्ध लगाइएको हो ।

ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनीमाथी प्रतिबन्ध लगाएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उनीमाथी प्रतिबन्ध लगाइने बताइन् । उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताइन् ।

कार्यक्रममा उनले भनिन्, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ उनले अन्य महोत्सव समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुली समेतलाई आग्रह गरिन् । ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।