0 COMMENTS

 

सबैलाई यो तिलकोठी के होला किन आको होला भन्ने लाग्छ होला । हाम्रो छाला लाइ रङ दिने कोसीका हरु एकै ठाउमा बसी जब खुनमा फैलिन पाउदैन तब यसले तिलको रुप लिन्छ । यो कालो ,रातो र खैरो रङको पनि हुन सक्छ । यो तिल मानिसको अनुहार र शरीरमा पनि फैलिएको हुन्छ । यदि यसले तपाइलाइ चिलाउने र फैलिएको जस्तो लाग्छ भने डाक्टरलाइ देखाउनुहोस र यदि कोठीले तपाइलाइ केहि असर गरेको छैन तर पनि हटाउन चाहनुहुन्छ भने एकपटक घरेलु बिधि प्रयोग गरेर हेर्नुहोस । यसप्रकार छन घरेलु उपायहरु :

१) लसुन : लसुन हामि सबैको घरमा भान्सामा प्रयोग गरिने कुरा हो । लसुनमा यस्तो किसिमको एन्जाइम हुन्छ जसले तिल लाइ बिस्तारै बिस्तारै हटाउन मदत गर्दछ । १ पोटि लसुनलाई पिसेर लेप बनाउनुहोस र लेप लाइ कोठी भएको ठाउमा लगाई कुनै कपडाले छोपी यसलाई ३ देखि ४ घण्टा सम्म रहन दिनुस । यस प्रक्रियालाई दिनमा २/३ पटक लगाउनुहोस र पखाल्नुहोस ।

२) एपल साइडर बिनेगर : यो बिनेगर लाइ रुवामा भिजाइ तिल भएको ठाउमा लगाई माथिबाट कुनै कपडाले छोपी २ वा ३ घण्टा राख्नुहोस र पखाल्नुहोस । सकेसम्म यसलाई दिनमा दुई पटक लगाउनुहोस ।

३) क्यास्ट्रोल तेल र बेकिंग सोडा : एक चुट्की बेकिंग सोडामा केहि थोपा क्यास्ट्रोल तेल मिसाई तिल भएको ठाउमा लगाई कपडाले छोप्ने र यसलाई पनि २ देखि ३ घण्टा सम्म राख्नुहोस । यसलाई पनि दिनमा २ पट दोहोर्याउनुहोस ।

४) प्याज अथवा मुलाको रस : यो दुवैले तिल लाइ भगाउन राम्रो मदत पुर्याउछ । त्यसैले तपाइले यी दुबैमा जुन पनि आफ्नो इछ्या अनुसारले प्रयोग गर्न सक्नुहुन्छ । प्याजको रस निकाली रुवामा भिजाइ माथिको जस्तै तरिकाले प्रयोग गर्नुहोस । मुलाको रस निकालेर पनि यस्तै तरिकाले लाउन सक्नुहुन्छ ।

५) आलस र मह : १ चम्चा आलसको धुलो , यसमा १ चम्चा मह मिसाउनुहोस र अलिकति आलसको तेल पनि मिसाई कडा लेप बनाइ कोठीमा लगाउनुहोस र कपडाले छोपी २ देखि ३ घण्टा सम्म छोडी पखाल्नुहोस । यसलाई दिनमा २ पटक गर्नुहोस बिस्तारै कोठी हराउदै जानेछ ।

६) अनारको बोक्रा र कागती : अनारको सुकेको बोक्रालाइ धुलो बनाउनुहोस । १ चम्चा अनारको बोक्राको धुलोमा लेप बन्नेगरी कागती मिसाउनुहोस र कोठी भएको ठाउमा लागाई माथिकै तरिका अपनाउनुहोस । दिनमा २ पटक लगाउनुहोस तिल बिस्तारै हराउदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।