0 COMMENTS

काठमाडौं२२चैत०७४/ धुलिखेलसम्मको रुटको सिन्डिकेट तोडिएपछि देशका अन्य सडकखण्डमा पनि व्यवसायीहरु जागेका छन् । पोखरा आसपासका क्षेत्रमा नयाँ बसहरु हाल्न व्यवसायीहरुले निवेदन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईका अनुसार रुट परमिट माग्दै पोखरास्थित कार्यायलमा पनि यातायात व्यवसायीहरु पुगेका छन् । प्रक्रिया पूरा गरेर परमिट दिन सबै कार्यालयहरुलाई निर्देशन दिइसकिएको उनले बताए।

यसअघि यातयात समितिहरुको सिफारिसमा मात्र रुट परमिट दिने प्रावधान थियो । त्यसलाई खारेज गरी सरकारले कम्पनी दर्ता गरेर विभागमा पञ्जीकरण हुने जो सुकैले जुनसुकै रुटमा गाडी चलाउन पाउने प्रावधान लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।