0 COMMENTS

पहिलोपटक जब मन टुटेपछि दोस्रोपटक महिलाहरु बढी सहज हुन्छन्। तर, तेस्रोपटक जब उनीहरुले कसैलाई मन पराउछन् त्यसैलाई आफ्नो जीवनसाथी बनाउने गर्दछन् । एउटा नयाँ अध्ययनका अनुसार दोस्रोपटक धोका खाएपछि उनीहरुको भेट आफ्नो सपनाको राजकुमारसँग हुने गर्दछ । आफ्नो सही मिस्टर राइटसँग भेट हुँदासम्म महिलाहरुले १५ जना पुरुषलाई किस गर्दछन् । उनीहरुको दुई अफेयर हुन्छ जुन लामो समयसम्म चल्दछ ।

अध्ययनका अनुसार सेटल हुनुअघि महिलाहरुले कयौ डेट गइसकेका हुन्छन्। तर, उनीहरुले दुई पटक प्रेम हुन्छ, एक पार्टनरका साथ उनीहरु रहन्छन् भने अरु चार वन–नाइट स्टैन्ड हुन्छन् ।

यही अर्कोतिर आफ्नो आइडियल पार्टनरसँग भेट हुनुअघि पुरुषको आठ अफेयर र ६ वन–नाइट स्टैन्ड भइसकेको हुन्छ । तर, पुरुषको अफेयर र वन–नाइट स्टैन्डको आँकडा कम हुँदै गएको छ। अध्ययनका अनुसार पुरुष पहिलाको तुलनामा अब कमिट गर्न बढी डराउँदैनन्। यति मात्र होइन अब उनीहरु कम उमेरमै सेटल हुन चाहन्छन् ।यो अध्ययन अनलाइन डेटिङ साइट इहार्मोनीले बेलायतका २ हजार बयस्कमा गरको हो । अध्ययनका अनुसार आजकल औषतः एक युवा पुरुष २२ वर्षको उमेरबाटै कमिटेड हुन चाहन्छन् , जबकि आजभन्दा दश वर्षअघि यो उमेर २४ वर्ष थियो । हरेक ४ मध्ये एक सिंगल पुरुषले बताएअनुसार उनीहरु आफ्नो परिवार बसाउन बेलैमा कमिटेड हुन चाहे । जबकि हरेक पाँच ब्याच्लर युवामा साथीहरुको विवाह भइसकेपछि आफू एक्लै हुने चिन्ता थियो।

तर, सेटल हुनुअघिसम्म पुरुषले अलगअलग महिलासँग आठ पटक डेट गइसक्छन् । उनीहरु तीन पटक ब्लाइन्ड डेटमा पनि जाने गर्दछन् । यसका साथै तीन युवतीसँग उनीहरुको भेट इन्टरनेटमा हुने गर्दछ ।

महिला र पुरुषमा सबभन्दा बढी अन्तर सेक्स्युअल पार्टनर्सलाई लिएर हुने गर्दछ । अध्ययनका अनुसार आफ्नो जिन्दगीमा महिलाको ७ र पुरुषको १० सेक्स्युअल पार्टनर हुने गर्दछ । यो अवधिमा पुरुषका ६ अफेयर हुन्छन जसमा दुई एक वर्षभन्दा बढी समय अघि बढ्न सक्दैन । यही महिलाका ५ अफेयर हुन्छ । सर्बेका अनुसार प्रेमिकाको खोजीमा पुरुषले जिन्दगीका कम्तीमा एक महिलालाई धोका दिने गर्दछन् । अध्ययनका अनुसार दशमध्ये ६ जनाले एक पटक आफूले जीवनभर जीवनसाथी नपाउने सोचे । दश मध्ये ८ ले आफ्नो पर्फेक्ट पार्नर आफूले आशै गरेको बेला पाएको बताए । सर्वेमा संलग्न एक चौथाईले भने आफूले सोचेजस्तो सेटल नभएको बताए । अध्ययनका अनुसार ९४ प्रतिशत महिला वास्तविक प्रेममा विश्वास गर्छन् जबकि ८८ प्रतिशत पुरुष मात्र यस्तो सोच्ने गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।