0 COMMENTS

मिलन चाम्लिङ,धरान११चैत०७४/  धरानको विजयपुर डाँडामा खानेपानीको टयाङ्की निर्माणको विषयलाई लिएर सामाजिक सन्जालमा हरि सुव्बाले अाफ्नाे फेबुकमा स्टाटस मार्फत  धरान नगरपालिकाका मेयर लाइ इङ्कीत गर्दै  “त्यो धरानको मेयरको टाउको उडाउने जो कोही बहादुरलाई हामी लिम्बूहरुले चन्दा उठाएर परिवारलाई ५० लाख दिन तयार छौ “ कुरो विजयपुर दरबार संरक्षणमा सहमति दिने लिम्वूवानहरु एक हौं राजनीतिक विचार भन्दा माथि उठेर सहयोग गरौ सहमत !”उनले आफ्नो सामाजिक सन्जालमा मार्च १९ अर्थात फागुन ७ गते यस्तो अभिव्यक्ती दिएर स्टाटस सार्वजनिक गरेका हुन् । मार्च २२ अर्थात बिहीबार उनैले फेरी पोष्ट गरेका छन्,“ ओलीको कन्धनी तारा सुव्बाको असामयिक निधन भएको खबरले म ज्यादै खुशी भएको छु भनेर पोष्टमा “रीप” समेत लेखेका छन्।”

यसरी धरान १४ को विजयपुर डाँडामा खानेपानीको टयाङ्की निर्माणको विषयको विबादले धरान उपमहानगरपालिकाको प्रमुख तारा सुव्वाको टाउकाको मुल्य ५० लाख तोकेर सामाजिक सन्जालमा विषय भाइरल भएको छ । कतिपयले उनको फोटो राखेर श्रदाञ्जली समे दिएका छन् ।विजयपुर क्षेत्रमा रहेको एतिहासिक दरबार क्षेत्रमा डोजर चलाएर धरानबासीका लागि खानेपानीको ट्यांकी निर्माण गरेको भन्दै सामाजिक संजालमा प्रमुख सुब्बा ‘ट्रोल’ बनिएका हुन् ।

सामाजिक सन्जालमा ट्रोल बनेको विषयलाई लिएर मेयर सुब्बासँग हामीले जिज्ञासा राख्दा उनले भने , “मैले कुनै अपराध गरेको छैन , धरान जनतालाई खानेपानी खुवाउने हाम्रो लक्ष्य हो , यसमा धरान जनताको साथ र सहयोग रहेको छ त्यसैले विरोध गर्नुको कुनै औचित्य छैन, मेरो टाउको मुल्य तोक्ने त्यो व्यति को हो ? विदेशमा बसेर धरान जनताको टाउको मुल्य तोक्ने त्यसलाई के अधिकार छ ? त्यसैले यदि कसैले विदेशमा बसेर धराने जनताको टाउकाको मुल्य तोक्छ भने घोर आपती छ । ” विजयपुर क्षेत्रमा धरानबासीका लागि पानी ट्यांकी निर्माण गर्न लाग्दा प्रमुख सुब्बा ट्रोलको सिकार भएका हुन् ।

विजयपुरमा पानी ट्याङ्की निर्माण गर्नु पर्छ भन्ने धरान उपमहानगरपालिका, धरान खानेपानी आयोजना, धरान खानेपानी बोर्ड, एकिकृत शहरी विकास आयोजना र पानी ट्यांकी बन्नु हुदैन भन्ने चार किराती संस्था र लिम्बुवानवादी कार्यकर्ताबीच विवाद बढेपछि आयोजना नै प्रभाबित भएको छ । यसैबीच शुक्रबार आयोजनाले ट्याङ्की निर्माण गर्न विजयपुर डाँडामा भौतिक संरचना तयार गरिरहेको बेला विरोध भएपछि समस्या समाधानका लागि धरान उपमहानगरपालिकाले असन्तुष्ट पक्षसंग वार्ताको आव्हान गरेको छ ।

किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्खाछुम्मासंग उपमहानगरपालिकाले गरेको १८ बुंदे सहमतीको आधारमा विजयपुरस्थित पंचकन्या मन्दिर छेउमा पानी ट्याङ्की निर्माण कार्य चैत ५ गतेदेखि सुरु गरिएको थियो । तर विजयपुर दरबार संरक्षण संघर्ष समितिले चारकिराती समुदायको ऐतिहासिक पुरातात्विक क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न चेतावनी दिदै आएको अवस्थामा चैत ७ गते अचानक कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान मंचका कार्यकर्ताहरुले टेंकी निर्माणमा अवरोध गर्दै स्काभेटर तोडफोड गरेका थिए ।

यसअघि ट्यांकी निर्माण गर्न आयोजनाले मन्त्री परिषदको स्वीकृतिमा विजयपुरको जङ्गलको १ सय ७ वटा रुख काटेको थियो । उक्त रुखहरु लिम्बुवानलाई हस्तान्तरण गर्नु पर्ने माग भएको थियो । तर वन विभागले दिन नसकिने जनाएपछि विवादले उग्ररुप लिएको बताइएको छ । लिम्बुवानले वनको रुख माग गर्दै जारी गरेको विज्ञप्ती समेत रहेको छ । पुरातत्व विभागले उत्खनन गर्दा पनि केही फेला नपरेपछि एकिकृत शहरी विकास आयोजना अन्तर्गतको धरान खानेपानी आयोजनाले भूमिगत पानी संकलन गर्न धरानमा चार बेग्ला बेग्लै स्थानमा ट्यांकी निर्माण गर्दै छ ।

ती मध्ये रेल्वे सिस्टमको ट्यांकीबाट पाच महिनादेखि पानी वितरण गर्दै आएको छ । बांकी दुइ स्थानमा सबै काम सकेकाले पानी वितरणको अन्तिम तयारीमा छ । तर विजयपुर डाँडाँमा चार किराती संस्थाले विरोध गर्दै खानेपानी ट्यांकी अन्यत्र सार्न दबाब दिँदै आएपनि पुर्व निर्धारित डिजाइन, पाइपलाइन विस्तारका आधारमा आयोजनाले काम सुरु गर्दागर्दै विवाद उत्कर्षमा पुगेको हो । यसैबीच विवाद समाधान गर्न धरान उपमहानगरपालिकाका सल्लाहकार समिति र बोर्डको वैठक बसेर असन्तुष्ट पक्षलाई वार्तामा आउन आव्हान गरेको छ । प्रमुख तारा सुव्वाले भने, ‘खानेपानी जस्तो दैनिक अति आवश्यक चिजलाई लिएर राजतिकरण गर्नु हुदैन थियो तर भावनामा वहकेर राजनितिकरण गरियो । धरान उपमहानगरपालिकाले विजयपुर क्षेत्रलाई ऐतिहासिक पर्यटकीय स्थल बनाउन गुरु योजना समेत बनाएको छ । त्यसकालागि केन्द्रीय सरकारसंग आर्थिक योजनामा पार्न प्रस्ताव समेत पठाइएको छ ।

तर राजनितिक स्वार्थ पुरा गर्नका लागि खानेपानीकै विरोध भएको छ । तर अहिले सम्म असन्तुष्ट पक्षको नेतृत्व कस्ले गरेको हो त्यो नै थाहा छैन ।’ उनले वार्ताको आव्हानपछि वार्ता   गर्न आउनेसंग गम्भीर छलफल गर्ने र उक्त वार्ताको निष्कर्षअनुसार काम अगाडि बढाउने बताए । आगामी पाूच महिनामा पानीको ट्यांकी निर्माण गरेर पानी वितरण गर्न नसके धरानमा पानीको थप हाहाकार हुने भएकाले चाडो भन्दा चाडो काम सक्नु पर्ने पनि बताए । पौने दुइलाख जनताको घरघरमा पानी वितरण गर्न खानेपानी आयोजना तीनबर्षदेखि संचालनमा रहेको प्रमुख सुव्बाले उल्लेख गर्दै धरान उपमहानगरपालिकाले विजयुरको ऐतिहासिकतालाई संरक्षण गर्दै वन मन्त्रि परिषदको स्वीकृतिमा दुइ कठ्टा जमिनमा ६ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न अब सर्वदलीय सहमति खोज्ने बताए ।

असन्तुष्ट पक्षले ट्यांकी निर्माण स्थलको विकल्प खोज्न माग गर्दै आएपनि उनले भने, ‘विकल्प खोजेकै हो, तर धरानको फुश्रे र विजयपुर क्षेत्रका उच्च ठाउँहरुमा बस्ने उपभोक्ताकालागि आयोजनाले जहाँ काम सुरु गरेको छ त्यो बाहेक अरु तिर भेटिएन ।’ उनले धरान उपममहानगपालिकालाई किरातीको ऐतिहासिक क्षेत्र नस्ट गर्न खोजेको एकपक्षीय आरोप लगाएकोमा चित्त दुखेको बताए । सामाजिक संजालमा असन्तुष्ट पक्ष मध्ये वैदेशिक रोजगारकालागि विदेश बस्नेहरुले उनको टाउकोको मुल्य ५० लाख रुपैया तोकेको र खानेपानीसंगै ऐतिहासिक क्षेत्रको संरक्षणकालागि पहल गर्नु पर्नेमा एकापसमा हिंसा बढाउन भूमिका खेलेको गुनासो गरे । खानेपानी ट्यांकी निर्माणको विषयमा विवादले उत्कर्षरुप लिएपछि किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै विजयपुरमा पानी ट्यांकी निर्माण काम रोक्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।