0 COMMENTS

ललितपुर११चैत०७४/  ललितपुर क्षेत्र १ बाट विजयी सांसद नवराज सिलवाले अब देश विकासको मूल फुटाएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । ललितपुर क्षेत्र नम्बर १ को दुर्गम भेग मुलपानीमा खानेपानी आयोजनाको उद्घाटन गर्दै स्थानीयस्तरबाटै विकासको मुल फुटाउनु पर्ने आवश्यकता औलाउँनु भएको हो ।

राजधानी उपत्यका भित्र रहेर पनि वत्ती मुनिको अध्यारोभित्र कष्टकर जीवन विताउन वाध्य ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १ मूल पानीका स्थानीय वासिन्दा अहिले निक्कै खुसी छन् । बर्षौ बर्षदेखि खानेपानीको अभावमा दिन गुजार्न वाध्य भएका मूलपानीका स्थानीयहरुले आफ्नै घरमा धारो आएपछि मख्ख परेका हुन् ।

मूलपानीका एक सय २० घरधूरीका लागि गोदावरी नगरपालिका, रोटरी क्लव अफ काठमाडौं, नेपाल रेडक्रस सोसाइटी ललितपुर शाख र स्थानीयवासीको १ करोड ९ लाख १९ हजार ५ सय ७२ रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका भित्रै भएपनि बर्षौ बर्षदेखि यहाँका स्थानीयहरुले खानेपापनीको चर्को समस्या भोग्दै आएका थिए । अहिले घर घरमा धाराबाटै पानी आउन थालेपछि स्थानीयहरु मख्ख भएका छन् र उनीहरुले खुसी व्यक्त गरेका छन् ।

यो खानेपानी आयोजनाले कम्तीमा २० बर्षसम्म यहाँका स्थानीयहरुलाई पुग्ने गरि बनाइएको बताउँदै स्थानीयहरुले यसलाई दिगो रुपमा सन्चालन गर्नका लागि अझै सहयोगको आवश्यकता रहेको सेतोमुल कालोमुल खानेपानी आयोजनाका अध्यक्ष नारायण खड्काले बताउनुभयो ।

खानेपानी आयोजनाको शुरुवातसँगै स्थानीयको जीवनस्तर समेत सुधार आएको छ भने घण्टौं घण्टा लगाएर खानेपानीका लागि जानु पर्ने वाध्यता समेत अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।