0 COMMENTS

काठमाडौं ६चैत०७४/  मानिस केले खुसी हुन्छ ? खुसीका मापन अनि सीमा के–के हुन् लामो समयदेखि यी दार्शनिक जिज्ञासामाथि बहस अनि घोत्ल्याइँ जारी छ।

यो कुरामा कुनै शंका छैन कि राम्रो व्यवहारले अरुलाई खुसी राख्छ। अरु खुसी छन् भने तपाइ पनि खुसी हुन सक्नुहुन्छ। अमेरिकी न्युरोवैज्ञानिक डा. रिचर्ड डेभिड्सनले भर्खरै गरेको रिसर्च अनुसार यो पत्ता लागेको छ की ध्यानको माध्यमबाट मस्तिष्क (ब्रेन) लाई तालिम दिएर मानिसमा खुसी सञ्चार गर्न सकिने छ।

डेभिड्सनका अनुसार मानिस खुसी रहन चार तत्व आवश्यक पर्छन्। ती हुन्– मानसिक लचक (रिजिलियन्स), सकारात्मक दृष्टिकोण (पोजेटिभ आउटलुक), सचेतना (अटेन्सन) र उदारमन (जेनरोसिटी)। यी तत्व जागृत गराउन ध्यानको महत्वपूर्ण भूमिका हुने उनको बुझाइ छ। ध्यान तथा सूक्ष्म व्यायामको नियमित अभ्यासले स्नायु प्रणालीको ‘न्युरल सर्किट’ लाई सक्रिय बनाउँछ, जसले गर्दा ‘ब्रेन’ को ‘प्लास्टिसिटी’ (नरमपना) वृद्घि भई यसले सिर्जनशीलतासमेत बढाउँछ।

‘दुई सातासम्म नियमित दैनिक आधा घन्टा ध्यान गर्ने व्यक्तिको मस्तिष्कमा क्रमिक रूपमा परिवर्तन देखिन थाल्छ, जति बढी अभ्यास गर्यो, जीवन रुपान्तरणतर्फ अगाडि बढ्छ,’ अनुसन्धानको निचोड छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।