0 COMMENTS

बागलुङ, ६ चैत०७४/ बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ ।
करीव ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा परेको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । बस सडकदेखि झण्डै २५ मिटर तल बडीगाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छ्रैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।