0 COMMENTS

कैलाली२६फागुन०७४/ कैलालीको मध्यवर्ती क्षेत्रको घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीका कारण नगरपालिकामा चरम संकटमा पर्दै जान थालेको आजको नेपाल समाचारपत्रले छापेको छ ।

समाचरका अनुसार चौधरी नगरप्रमुखमा विजयी भएपछि मनोमानीरुपमा काम गर्दै गएपछि नगरपालिका संकटमा पर्दै गएको छ । अन्य जनप्रतिनिधिसंको सहकार्य र जनतासंग समन्वय नगरेर एकलौटीरुपमा काम गर्न थालेपछि स्थानीय बासिन्दाहरु विरोधमा उत्रिएका छन् ।

जनताले तिरेको करको सदुपयोग नभएको र नगरप्रमुख चौधरीले जनताले तिरेको करमा ब्रम्हलुट मच्चाएको गुनासो नगरवासीको छ । सुरु देखिनै उनले नगरपालीकालाई आफन्त र नातागोताको भर्तीकेन्द्रका रुपमा प्रयोग गर्न थालेका छन् । २०७४ पौष २६ गतेको नगर कार्यपालिकाले निमार्ण गरेको बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम बिनियोजन गरेर उक्त बोर्डको कार्यकारी अधिकार सहितको उपाध्यक्षमा ३० हजार भन्दा बढि तलव सुबिधा रहने गरि नगरप्रमुख चौधरीले आफ्नै सहोदर दाई दयाराम चौधरीलाई नियुक्त गरेका छन् ।

कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलको संचालक समेत रहेका दयाराम चौधरीलाई नगरप्रमुख ममता प्रसाद चौधरीले नेपाल सरकारको तृतीय श्रेणीको अधिकृतलाई दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन । बोर्डमा उपाध्यक्ष नियुक्त गरिएका आफ्नो सहोदर दाजुको बाहेक अन्य कसैको सेवा सुबिधा मेयर चौधरीले हाल सम्म तोक्नु भएको छैन ।

उपाध्यक्ष बाहेक अन्यको सेवा सुबिधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतन राज पौडेले बताउनु भयो । घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले गरेको मनोमानीको सीमा नाग्दै गरेको छ । नगरपालिकामा रहेका १२ वडा अध्यक्षहरुलाई मोटरसाइकल बितरण गर्ने निर्णय समेत गरेका थिए ।

तर आपूm अनुकूल मोटरसाइकको टेन्डर पास नभएपछि पास भइसकेको टेन्डर रद्ध गरेर नयाँ टेन्डरको आह्वान गर्ने योजना बनाएका छन् । १ लाख ६६ हजारमा यामाह १२५ सिसिको मोटरसाइकल टेन्डरमा परेको छ भने सोही बराबर सिसि रहेको बजाजको मोटरसाइकलको खरिद मुल्य १ लाख ४४ हजारमा टेन्डर रहेको थियो । कम मुल्य हुदा टेन्डर बजाजको परेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतन राज पौडेले जानकारी दिनुभयो ।

प्रदेश सरकारले कानून निमार्ण नगरे सम्म कुनै सेवा सुबिधा लिन नपाउने भएपनि नगरप्रमुख चौधरीले बिभिन्न शिर्षकमा प्रत्येक महिना मासिक २५ हजार भन्दा बढी रकम लिइरहेका छन् । २०७४ साल असोज १ गते नगर कार्यपालिकाको निर्णय अनुसार नगर प्रमुख चौधरीले संचार खर्च बाफत ८ हजार, भ्रमण खर्च ५ हजार, इन्धन खर्च ३ हजार, अतिथि सत्कार खर्च ५ हजार र बैठक भत्ता २ हजार लिने गरेका छन् ।

त्यस्तै उपप्रमुख थापाले संचार खर्च बाफत ६ हजार, भ्रमण खर्च ५ हजार, इन्धन खर्च २ हजार, अतिथि सत्कार खर्च ३ हजार ५ सय हजार र बैठक भत्ता १ हजार ५ सय लिने गरेका छन् । त्यस्तै वडा अध्यक्षहरुले संचार खर्च बाफत ३ हजार, भ्रमण खर्च २ हजार, इन्धन खर्च ३ हजार, अतिथि सत्कार खर्च १ हजार र बैठक भत्ता १ हजार लिने गरेका छन् । नगरप्रमुख चौधरीले इन्धन खर्चका नाममा दोहोरो रकम लिइरहुनु भएको छ । उहाँ चड्ने सवारीको मासिक रुपमा इन्धन खर्च नगरपालिकाले बेहोर्ने भएपनि उहाँले इन्धनका नाममा ब्यक्तिगत खर्चपनि लिनेगरेको समाचारमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।