0 COMMENTS

काठमाडौं २० फागुन २०७४/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आइतबार उम्मेदवारी मनोनयन भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी दर्ता भएको हो ।देउवाको समर्थकमा विजयकुमार गच्छदार रहेका छन् भने समर्थकमा मानबहादुर विश्वकर्मा छन् । यस्तै, सिंहको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जय गौतम छन् ।

उम्मेदवारी दर्ताका लागि आइतबार साँझ ६ बजेदेखि ७ बजेसम्मको समय निर्धारण गरिएको थियो ।उम्मेदवारी फिर्ताका लागि सोमबार बिहान साढे ८ बजेसम्मको समय तोकिएको छ भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दलको नेता चयनका लागि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।