0 COMMENTS

बिर्तामोड२०फागुन०७४/ पूर्व राजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि आज झापा आइपुगेका छन्। अपरान्ह श्री एयरलाइन्सको विमानबाट उनी झापा आइपुगेका हुन्। उनको झापा भ्रमण अनौपचारिक भएको बताइएको छ। उनी पत्नी कोमलसँगै झापा आएका हुन्।

उनी झापाको दमकस्थित चियाबगानमा रहेको निवासमा बस्ने कार्यक्रम रहेको बताइएको छ। झापा आइपुगेका पूर्व राजा शाहलाई स्वागत गर्न राजावादी कार्यकर्ताहरु भेला भएका थिए। उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।