0 COMMENTS

कल्पना बोहरा,अछाम१९ फागुन/अछाममा सातौँ अन्तराष्ट्रिय खुला तथ्याङक दिवस २०७४ को अवसरमा नगर डाटा प्रोटल तथा प्रविधि केन्द्र उद्घाटन सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमका अध्यक्ष साँफेबगर नगरपालिकाका प्रमुख अतिथी कुल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद हर्क बहादुर कुँवर गोविन्द रहनु भएको थियो । नगरपालिकाले गरिरहेका सम्पूर्ण कृयाकलापहरुको बारेमा आम नागरिकहरुले सहज तरिकाले जानकारी लिने उद्धेश्यले नगर डाटा तथा सूचना प्रविधि केन्द्रको स्थापना गरिएको हो ।

साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्ला समन्वय मिति उपसंयोजक टोप बहादुर रावल, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख नृप ओड, अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख विपिन ओझा, जयपृथिी नगरपालिका प्रमुख विरेन्द्र बहादुर खड्का, अछामको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, पञ्चदेवल विनायक नगरपािलका प्रमुख देवराज देवकोटा, कमल बजार नगरपालिका प्रमुख ओम प्रकाश विष्ट, नेकपा एमाले निर्वाचन क्षेत्रिय समन्वय समिति संयोजक तथा एमाले जिल्ला बमिटी सचिवालय सदस्य प्रकाश शाह, नेपालि काँग्रेस महासमिति सदस्य राजन कुँवर, नेकपामाओवादी केन्द्र केन्द्रिय आयोजक कमिटी सदस्य सुरत भुल लगाएतका अतिथीहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका वडा नम्त्रर ९ बुढाकोटका वडा अध्यक्ष धुर्ब थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।