0 COMMENTS

रामचन्द्र खड्का,१९फागुन०७४/दोलखा विगु गाउ“पालिकाको लामाबगरमा निमार्णाधिन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीको शेयर वितरणमा असन्तुष्ट व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंको मिनभवनमा नेकपा एमाले विगु काठमाडौं सम्पर्क मञ्च र गौरिशंकर काठमाडौं सम्पर्क मञ्चले सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा संघीय सांसद पार्वत गुरुङ, तीन नम्बर प्रदेश सभाका सांसद विशाल खड्का, सरस्वती बस्नेत, नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष पासाङ शेर्पा, प्रेश चौतारी नेपालका केन्द्रीय सचिव शुरोजन पाण्डेलगायतका उपस्थिती थियो । विगु गापा १ लामाबगरमा निमार्णधिन ४ सय ५६ मेघावाटको सो आयोजनामा स्थानीयलाई १० प्रतिशत शेयर राज्यको पुरानो संरचना अनुसार क, ख र ग गरी तिन भागमा वर्गीकरण गरिएको छ भने स्थानीय विगु गापा र गौरिशंकर गापाकोे बासिन्दाले राज्य पुर्नसंरचना अनुसार दूवै गापाले अति प्रभावित क वर्गमा पाउनुपर्ने माग रहेको छ । नया“ संविधान कार्यान्वयन भई तिनै तहको सरकार निमार्ण भएको र संविधान पुर्ण रुपमा कार्यान्वयन भएको परिप्रेक्षमा स्थानिय तहमा विभेद गरी शेयर वितरण गरेर स्थानिय बीच फाटो आउने भन्दै दुवै गापाले घोर विरोध जनाएका छन् ।

कार्यक्रममा सांसद पार्वत गुरुङले स्थानियको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । विगु गापा र गौरिशंकर गापाले आङ्खनो गापाको सबै वडाहरु प्रभावित क्षेत्र मानि क वर्गमा पर्ने निर्णय गर्दै त्यो वातावरण बनाउन अपर तामाकोशीलाई पत्र पठाएको छ । दुवै गापाले पासाङ शेर्पाको नेतृत्वमा सरोकार समिति गठन गरेका छन् । अपर तामाकोशी समयमै सचेत र गम्भिर नबने कडा आन्दोलनमा उत्रिने समितिका संयोजक शेर्पाले बताए ।संवैधानीक हक अनुसार जल, जमिन, जडिबुटी, जंगल, जनताको स्वामित्वमा हुनुपर्ने भन्दै शेर्पाले तामाकोशीले संघिय संरचनालाई बेवास्ता गरे राम्रो नहुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।