0 COMMENTS

काठमाडौं,१९ फागुन०७४/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने भएको छ ।पार्टी एकताको अन्तिम तयारीमा रहेका दुवै दलले संसदीय गतिविधिमा एकरुपता दिनेबारे प्रशिक्षण दिन संयुक्त बैठक बोलाएका हुन् ।

दुई दलका सांसदहरुको बैठक आज काठमाडौंको बानेश्वरस्थित संघीय संसद्को भवनमा बस्ने भएको छ ।सोमबारदेखि संसद्को बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरुलाई केही प्रशिक्षण दिन बैठक बोलाइएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरुलाई निर्देशनसहितको प्रशिक्षण दिने कार्यक्रम छ ।दुवै दलबाट धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायतका विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।