0 COMMENTS

मिलन चाम्लीङ्१९फागुन०७४/ नेपालकाे पुर्बी भेग इटहरी, धरान, झापा, बिराटनगर लगायत पुर्बि भेगको जिल्लासंग तीन जिल्ला(सोलुखुम्बु,ओखलढुंगा र खोटाङ)जोड्ने सिद्दिचरण श्रेष्ठ राजमार्ग सिराहाको मिर्चैया देखि उदयपुर घुर्मिसम्म ७६ किलोमीटर सडक मर्मत नहुदा तीन जिल्लाको यात्रीहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन।

सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउदा पनि ध्यान नदिदा ७६किलोमिटर सडकखण्ड नाजुक भएको छन। चुनावको बेला मात्र विभिन्न राजनीति दलको प्रतिनिधिहरु सडक मर्मत बिस्तारको कुरा लिएर आउँछ जितेर गए पछी सवै कुरा बिर्सन्छ भन्छ । खोटाङबाट पुर्ब आउदै गरेको  एक स्थानीय यात्रीलाई हामीले सोधेको थियौ  यो सडक त नाजुक भैसकेको छ के सरोकारवाला निकायले ध्यान नदिएर हो ?यात्रीको जवाफ थियो सरोकारवाला निकायहरू एकआपसमा कस्ले गर्ने हो सोलुखुम्बु,ओखलढुंगा,खोटाङ कि उदयपुरले भनेर अनि किन नाजुक नहोस् त भन्ने कुरा गर्नुभयाे ।
सिद्दिचरण राजमार्ग दैनिक उपभोग्य खाद्य सामग्री तथा लत्ताकपडा ओसारपसार गर्न दैनिक सयौं यात्रीबाहक तथा ढुवानी सवारीसाधन जोखिमपुर्ण तवरले संचालन भैरहेको छ भने यात्रुबाहक बस लगाएतका साधनहरू दुर्घटना बढदै गयकाे छ तेसैले याे बिषयमा सम्बन्धीत नीकायकाे ध्यान कहीले जान्छ ? 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।