0 COMMENTS

काठमाडौँ, १३ फागुन ०७४/ अशक्तताका बाबजुद पनि पत्रकारिता क्षेत्रमा दुई दशक लामो पत्रकारिता गर्दै आउनुभएकी महिला पत्रकार प्रवीणा गोलेलाई आदिवासी जनजाति पत्रकार महांघले शनिबार सम्मान गरेको छ ।

एक सय आठौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोद्धा तिमिल्सिनाले उहाँलाई सम्मान गर्नु भएको हो । स्वास्थ्यका कारण प्रवीणा उपस्थित हुन नसकेकाले उक्त सम्मान उहाँकी दिदीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा लामो समय पत्रकारिता गर्नुभएका महिला आदिवासी पत्रकार अनिता महर्जन तथा मोफसलका पत्रकार लोकसरी कुँवरलाई पनि सम्मान गरियो ।

सो अवसरमा आयुक्त तिमिल्सिनाले ‘मिसापिनी सुविधा सूचं’ नामक नेपाल भाषाको पुस्तक पनि विमोचन गर्नुभयो । उहाँले पत्रकारले सत्यतथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने उल्लेख गर्दै समयको परिवर्तनसँगै महिला पत्रकारमा चुनौती थपिएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।