0 COMMENTS

काठमाण्डाै१३फागुन०७४/भारतिय सिने जगतकी सर्वाधिक लोकप्रिय एबम सफल नायिका मध्यकी एक श्रीदेवीको ५४ बर्षको उमेरमा शनिवार राती निधन भएको छ ।उनको दुबईमा गए राती हृदयघातबाट निधन भएको बताईएको छ ।परीवारको साथ एउटा वैवाहीक समारोहमा सहभागी हुने क्रममा उनको निधन भएको हो ।

सुन्दरताको साथै अभिनय र नृत्यमा पनि श्रीदेवीलाई विशिष्ट मानिन्थ्यो रुप कि रानी उपनामले चर्चित श्रीदेवीको निर्माता बोनी कपुरसंग बिबाह गरेर फिल्म क्षेत्रबाट केहि समय टाढा रहेकी उनले ईंग्लिश भिङ्गलिसबाट २०१२ पुनरागमन गरेकी थिइन् जुन फिल्मले उनलाई झन् थप उचाई दिनुको साथै अवार्ड पनि प्राप्त गराएको थियो ।

सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् ।उनले बाल कलाकारको रुपमा ‘ तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिईन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।