0 COMMENTS

काठमाडौँ, १२ फागुन०७४/ सुन्धाराको एक होटलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक शर्मिला राउतका प्रेमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए । साथै गएका खड्काका दुईजना साथीहरु सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए ।

खड्काले बिहान उठ्दा राउतलाई पंखामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन् ।

युवतीका आफन्तले भने राउतको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् ।महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकुनन्त लिम्बूले घटनाबारे छानबिनका लागि तीनजनालाई नियन्त्रणमा लिइएको र शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।