0 COMMENTS

भक्तपुर ८,फागुन०७४/मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निस्क्रिय गरेको छ ।

मंगलबार दिउँसो ३ बजे साझा पेट्रोलपम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।मानिसहरुको बाक्लो आवत–जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडौंबाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत–जावतमासमेत रोक लगाइएको थियो ।

सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निस्क्रिय टोली आएर बम निस्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।