0 COMMENTS

काठमाडौं,४फागुन०७४/खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको छ ।

दिपायल सिलगढी नगरपालिकाका ४ का वडाध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वीरेन्द्र शाहले आइतबारबाट सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रमा अभियान सुरु गरेका हुन् । आइतबारबाट सुरु गरिएको एउटा खुत्रुके बुधबार भरिएको छ । आजको कान्तिपुरले खबर छापेको छ ।

अभियन्ता शाहले सबैलाई धन्यवाद दिँदै अर्को खुत्रुके भर्न सबैमा आग्रह गरेका छन् । उनले १० रुपैयाँ अभियानलाई प्रत्येक गाउँ, घर, सहर र बजारमा लगेर सफल पार्ने दृढता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।