0 COMMENTS

लमजुङ,४फागुन ०७४/ लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।

११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेवन गरेका लामाले मंगलबार दिउँसो करिब १ बजे करणी गरेको प्रहरीले जनाएको छ । ३० बर्षलेदि राइनासमा मजदुरी गर्दै आएका लामालाई साँझ साढे ५ बजे पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।