0 COMMENTS

काठमाण्डाै १५माघ०७४/  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि २०७४ माघ १९,२० र २१ गते काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुनेभएकाे छ  ।

एनएफपीजे २०५३ सालमा स्थापना भएकाे देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन हो । यसका ३२ वटा जिल्ला शाखाहरु रहेका छन् । एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ भने फोटोपत्रकारको क्षमता तथा दक्षता अभिबृद्घिका लागि तालिम, अन्तरक्रीया, गोष्ठि, सेमिनार,अवार्ड तथा फोटो प्रदर्शनीहरुको आयोजना गर्दै अाएकाे छ  ।

एनएफपीजेले हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको छ  । हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ । फोटो कन्सर्न यसको गोल्ड स्पोन्सर रहेकोछ भने मर्कन्टाईल सिल्भर स्पोन्सर र पाटन प्याथ ल्याब ब्रोन्ज स्पोन्सरको रुपमा रहेकोछ । यस एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वन अप इभेन्ट प्रा.लि. को ब्यवस्थापन रहेको छ । फोटोग्राफरहरुको संगठन काठमाडौं फोटोग्राफर संघ एक्स्पोको सह आयोजक हो भने नेपाल मुद्रण ब्यवशायि महासंघलाईपनि अर्को आयोजकको रुपमा समेटेका छौं ।

अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको हो । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको यस एक्स्पोमा सहभागिता हुने भएको छ । अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्येक्ष रुपमा सहभागिता जनाउनेछन् ।

एक्स्पोमा कुल १ सय वटा स्टलहरु हुनेछन् जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया ,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिएको छ ।

प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछन् ।

यस एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास नै हो । उदाहरण स्वरुप, हाल हामीले प्रयास गरेअनुसार औधोगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेटीयका छन भने एक्सपोको समुद्घाटन् सम्माननिय उपराष्ट्रपति बाट हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।