0 COMMENTS

काठमाण्डाै२७पुस०७४/ एमाले सचिव प्रदीप ज्ञवालीले सरकार आयु लम्बाउने खेलमा लागेर सत्ताको दुरुपयोग गरी कार्यकर्तालाई ८७ करोड रकम बाँडेको अाराेप लगाएका छन् ।

उनले भने,‘जनता दुई चार किलो दाउँरा र कम्बल नपाएर मरिरहेका छन्, यता मन्त्रीहरुको भने राज्य ढुकुटी रित्याउनेमै तल्लिन छन् ।’त्यस्तै, नेता ज्ञवाली निर्वाचन आयोगप्रति पनि रोस प्रकट गरेका छन् । संविधानको भावना विपरित समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नगरेको भन्दै आयोगसँग आक्रोशित भएका हुन् । नयाँ पत्रिकाबाट

फरक प्रसंगमा ज्ञवालीले माघ महिनाभित्र एमाले-माओवादी बीच पार्टी एकता हुने खुलासा गरे । ‘वाम गठबन्धन काँचो इँटा नभई पाकेको इँटा हो ।’अघाखाँचीमा आयोजित कार्यक्रममा ज्ञवालीले भने,‘माओवादी–एमाले दुवै खारिएर आएको पार्टी हो । त्यसैले, कसैले एकता नहोस् भनेर धुप बाले पनि एकता रोकिँदैन, माघसम्ममा एकता भइछाड्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।