0 COMMENTS

काठमाण्डौ२७,पुस२०७४/ आज, पुष २७ गते । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन । विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कारेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएको थियो ।

यसै वर्ष वर्तमान सरकारले पुष २७ लाई पृथ्वी जयन्तीको रुपमा मनाउने निर्णय गरेपछि फेरी पृथ्वी जयन्ती मनाउन थालिएको हो । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारले पृथ्वी जयन्ती घोषणा गरेको र सार्वजनिक बिदा दिएकोमा असहमतिका स्वरहरु पनि सुनिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।