0 COMMENTS

काठमाडौँ, २२ पुस०७४/ अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको व्यवस्थाअनुसार नै प्रदेशको राजधानी तोक्ने तयारी गरेको बताउनुभएको छ ।

काँग्रेस काठमाडौँ–धनकुटा सम्पर्क समितिद्वारा यहाँ आज आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले आधारभूत कुरा र सम्भावनालाई हेरी प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकार लागिरहेको बताउनुभएको हो ।

मन्त्री कार्कीले मुलुकमा संक्रमणकालको अन्त्य भएको भन्दै अब समृद्धिको बाटोतर्फ उन्मुख भएको समेत बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले काँग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्ज्वल छ, भन्नुभयो ।

प्रदेशसभा सदस्य लीला सुब्बा र पूर्वसांसद मनोहरनारायण श्रेष्ठले भौगोलिक वा अन्य हिसाबले पनि प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।