0 COMMENTS

मिलन चाम्लीङ,२२धरान०७४/ धरानमा आजबाट अर्ग्यानिक बजार सुरु गरेको छ।धरान स्थित धरान ४ अमान बजारमा सनिवार हरेक साता अर्ग्यानिक बजार लाग्ने भएको छ।यहाँ अर्ग्यानिक सिस्नुको चिया,सागसब्जी,गुन्द्रुक किनिमा अर्ग्यानिक अचार र अन्य अर्ग्यानिक थोक बस्तु पाइने छ। बढ्दो बिसादी युक्त खानेकुराहरुले गर्दा मानिसहरुमा देखा पर्ने बिभिन्न रोगहरुलाइ निर्मुल पार्ने उदेश्यका साथ याे अर्ग्यानिक बजार  सन्चालनमा ल्याएको   बजार ब्याबस्थापन समितिको एक सद्स्य सबिता चम्लिङले हामीलाइ बताउनु भयाे ।

बजार उदघाटन सुनसरी जिल्ला क्षेत्र नं १को नवनिर्वाचित सांसद जयकुमार राईले गर्नु भयाे र कार्यक्रममा बाेल्दै राइले बिसादी खाद्यान्नलाई बिस्थापित गर्नकालागी अझै धरानमा धेरै अर्ग्यानिक बजारको आवश्यकता रहेकोे कुरा बताउनुभयाे र प्रदेश तर्फका सांसद प्रदीप भण्डारीले सरकारले अर्ग्यानिक बजार क्षेत्रलाई बिस्तार गर्नुपर्ने कुरालाइ जाेड दिनु भयाे । आज बजार उदघाटनको दिन नै उत्साहको साथ अर्ग्यानिक बजार भर्नको लागि सहभागी भएको हुदा निरन्तर बजार सन्चालन हुनेमा बजार ब्याबस्थापन समिति  आसाबादी छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।