0 COMMENTS

काठमाडौं ०३पुस०७४/ महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इन्सपेक्टर हरिहर सुनुवार बिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । ५० हजार घुस रकम सहित अख्तियारको नियन्त्रणमा लिईएका सुनवारबिरुद्ध आयोगले सोमबार मुद्धा दायर गरेको हो ।

‘प्रहरी निरीक्षक सुनुवारले आफ्नो कार्यक्षेत्रमा रहेका गेष्ट हाउस सञ्चालकहरुसँग डर त्रास देखाएर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १ बमोजिम कसुर गरेको पुष्टि हुन आएको छ’ आयोगले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘निजलाई ५० हजार बिगो कायम गरी ऐन अनुसार जरिवाना र कैद सजाय हुन भागदावी लिईएको छ ।’साथै उक्त घुस लेनदेन प्रक्रियामा रकम माग्ने र उठाउने प्रहरी जवान विरेन्द्र बहादुर बमलाई समेत आयोगले ५० हजार बिगो कायम गर्दै मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।